पुस ३ –अमेरिकाको एट्लान्टा हट्र्सफिल्ड ज्याक्स अन्तराष्ट्रिय विमानस्थलमा अचानक विद्युत आपूर्ति रोकिएपछि हजारौ यात्रु अलपत्र परेका छन् ।
विश्वकै सबैभन्दा व्यस्तमध्येको यस विमानस्थलबाट हरेका दिन २ लाख ५० हजार यात्रुहरु यात्रा गर्दछन् ।
यस विमानस्थलबाट प्रत्येक दिन २ हजार ५ सय उडान हुने गर्छ । विद्युतअ आपूर्ति बन्द भएपछि धेरै यात्रुहरु टर्मिनलमै बस्न बाध्य भएका छन् । विद्युत आपूर्तिको समस्या समाधान भैसके पनि अझै विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आएको छैन । अन्य स्थानबाट आउने धेरै उडानलाई पनि बन्द गरिएको छ ।
विमानस्थलमा विद्युत प्रवाह गर्ने अधिकारीहरुले जमिनमुनि रहेको विद्युतलाइनमा सर्ट भएर आगलागी भएका कारण विद्युत प्रवाहमा समस्या आएको हुनसक्ने बताएका छन् ।
एटलान्टाका मेयरले विमानस्थलको विद्युत आपूर्ति बन्द भएको घटनाका बारेमा अनुसन्धान गरिने बताउनुभएको छ ।
Source: Ujyalo Network ले छापेको छ ।