192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
राउटेहरु स्वास्थ्य संस्था नआउने, स्वास्थ्यकर्मी बिरामी भएका ठाउँ नजाने
2018-05-16
Konnections with Kathmandu: It is up to India to leverage relations with Nepal
2018-05-16

​अमेरिकासँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की

जेठ २ – उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ ।

उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले मिति र स्थानका बारेमा ट्वीट गर्दै जानकारी दिएका थिए । तर उत्तर कोरियाको पछिल्लो प्रतिक्रियाले बैठक अनिश्चित भएको छ ।

बैठक उत्तर कोरियाको आणविक कार्याक्रम रद्द गर्ने विषयमा हुने बताइएको थियो । उत्तर कोरियाले बुधबार दक्षिण कोरियाका अधिकारीसँग हुने वार्ता पनि पछि सारेको जनाएको छ । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास हुने भनिएपछि उत्तर कोरियाको पछिल्लो प्रतिक्रिया आएको हो ।

उत्तर कोरियाका सहायक विदेश मन्त्री किम के ग्वाङले अमेरिकाले एकतर्फी रुपमा उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न भनेकाले र आफूहरु त्यस्तो एकपक्षीय कुरा मान्न तयार नभएको बताएका छन् । उनले अमेरिकाले लापरवाही रुपमा विज्ञप्तिहरु सार्वजनिक गर्न थालेकाले आउँदो बैठकबारे सोच्ने बेला आएको बताएका हुन् ।

उत्तर  कोरियाका नेता किम जोङ उनले आफूले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्न चाहे पनि अमेरिकाको पछिल्ला गतिविधि र भनाईले सम्बन्ध बिथोल्न सक्ने बताएका छन् । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास उत्तेजक भएको र यसले कूटनीतिमा असर पार्ने बताएको छ ।

उत्तर कोरियाको पछिल्लो अभिव्यक्तिले अमेरिका पनि झस्केको बताइएको छ । अमेरिकाले भने ट्रम्प र किमबीचको वार्ता सुनिश्चित गर्ने तयारी गरिरहेको जनाएको छ । ट्रम्पले भने उत्तर कोरियाको पछिल्लो अभिव्यक्तिमाथि कुनै टिप्पणी गरेका छैनन् ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful