192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Cold wave claims six more lives in Nepal; toll reaches 50
2018-01-14
सस्तो मदिराका कारण आक्रान्त बन्दै समाज
2018-01-14

​अलैँचीको मूल्य दोब्बरले बढ्यो, किसान उत्साहित

श्यामशितल परियार/उज्यालो ।         

     
लमजुङ, पुस ३० –लगातार ओरालो लागेको अलैँचीको मूल्य दोब्बरले बढेको छ । उत्पादित अलैँचीको मूल्यमा भारी गिरावट आउँदा निराश बनेका लमजुङका किसान मूल्य बढेपछि उत्साहित भएका छन् ।          

गएको वर्ष मात्रै लमजुङका किसानहरुले गुणस्तरीय (जम्बो जेठ) अलैँची प्रतिकेजी १३ सय देखि १४ सय रुपैयाँसम्म बेचेका थिए । मध्यम खालको अलैँची प्रतिकेजी १२ सय रुपैयाँसम्म बेचेका थिए । चलनचल्तीको अलैँची प्रतिकेजी १ हजार रुपैयाँसम्म बेचेका थिए । 

तर यस वर्ष किसानले गुणस्तरीय अलैँची प्रतिकेजी ६ सय ५० देखि ७ सय रुपैयाँ, मध्यम खालको अलैँची ६ सय ३० देखि ६ सय ६० र चलनचल्तीको अलैँची ६ सय रुपैयाँमा बेच्न बाध्य भए । उत्पादित अलैँची बेचिसकेपछि भने अलैँचीको मूल्य बढेको छ । केही किसानले मात्रै अहिले फाट्टफुट्ट रुपमा अलैँची बेचेका छन् । 

मूल्य बढेसँगै किसानले अहिले गुणस्तरीय अलैँची प्रतिकेजी ११ सय, मध्यम खालको अलैँची १ हजार ५०, चलनचल्तीको अलैँची १ हजार रुपैयाँमा बेचेका छन् । ‘लमजुङमा धेरै परिमाणमा अलैँची बिक्री भइसकेको छ, अहिले मूल्य बढ्यो, अहिले फाट्टफुट्ट रुपमा किसानहरुले अलैँची बेचेका छन्,’ नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले भन्नुभयो, ‘केही समयअघि अलैँचीको मूल्यमा भारी गिरावट आउँदा किसान निराश थिए, अहिले अलैँचीको मूल्य बढेको छ, त्यसले किसानमा उत्साह जगाएको छ ।’

हाल भारतमा अलैँची सकिएको कारण अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित अलैचीको माग भएकाले नेपालमा उत्पादित अलैँचीको मूल्य बढेको अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ । गएको वर्ष जिल्लामा ८ सय २१ क्विन्टल अलैँची उत्पादन भएको हो । यसवर्ष ६ सय क्विन्टल मात्रै अलैँची उत्पादन भएको हो । जिल्लामा झण्डै १६ हजार बढि किसान अलैँची व्यवसायमा लागेका छन् ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful