192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Airstrikes kill 17 IS militants in eastern Afghanistan
2018-01-14
Plane skids off runway at Trabzon Airport in Turkey
2018-01-14

​अहिलेसम्मकै महंगो रकममा बिक्यो ‘शत्रु गते’ ओभरसिज राइट

काठमाडौं, पुस ३० –मल्टिस्टारर सिनेमा ‘शत्रु गते’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार बिक्री भएको छ । 

ओएसआर डिजिटलले सिनेमाको  डिजिटल तथा अन्तराष्ट्रिय अधिकार एक करोड एघार लाखमा खरिद गरेको छ । सम्भवत यो रकम अहिलेसम्म नेपाली सिनेमालाई दिइएको सबै भन्दा बढी हो । अहिले पोष्ट प्रोडक्सको काम  भैरहेको सिनेमा प्रदर्शन पूर्व नै लगानी सुरक्षित मात्र हैन फाइदामा गएको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, बसुुन्धरा भुसाल, रमेशरंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतको अभिनय रहेको छ । 

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् ।  चैत्र ९ मा रिलिज हुने सिनेमाको प्रचार सामग्रीका रुपमा ३ साता अघि रिलज गरिएको ‘रुपै मोहनी’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।

लोकराज अधिकारीको शब्द टंक बुढाथोकीको संगीत तथा मिना निरौला र टंक बुढाथोकीको स्वर रहेको गीतले युट्युबमा २४ घन्टामा सबैभन्दा धेरै पटक हेरिने गीतको रेकर्ड कायम गरेको छ । रिलिज भएको तेश्रो सातामा ट्रेण्डिङमा रहदै गीतले झण्डै चालिस लाख भ्यूज पाएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful