192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
कर्णाली प्रिमियर लिगः सेमिफाइनलका दुई खेल हुँदै
2018-05-25
आईपीएलकाे फाइनल पुग्न कोलकाता र हैदराबाद खेल्दै
2018-05-25

​करोडौं लगानी भएको बाटो उस्तै, तीर्थयात्रीलाई सास्ती

केशबप्रसाद भट्टराई/उज्यालो ।

ताप्लेजुङ, जेठ १० – लाखौँ पर्यटक र भक्तजनको घुँइचो लाग्ने ताप्लेजुङको पाथीभरा देवीको मन्दिर पुग्ने सडक बिग्रिएपछि यात्रुलाइ सास्ती भएको छ । ठेकदाले काम नगरेपछि बाटो बिग्रिएको हो । सूर्य कन्ट्रक्सन फर्मले २ वर्ष अगाडि बाटो पिच तथा ग्राभेल गर्ने ठेक्का पाए पनि अहिलेसम्म काम नसक्दा बाटो जस्ताको त्यस्तै रहेको र यात्रामा सास्ती भएको यात्रीले बताएका छन् ।

वर्षौँदेखि लथालिङ्ग बनेको सडक अहिलेसम्म करोडौं रुपैंया खर्च भए पनि जस्ताको तस्तै रहेको यो बाटोमा गाडी चलाउनेहरुको अनुभव छ । पाथीभरा देवीको आस्था र विश्वास अनि यात्रुको सेवाका लागि जोखिम लिएर ट्याक्सी र जीप चलाएको मे १ ज १५२२ नम्बरका जीप चालक गोपाल भट्टराईले बताउनुभयो ।

मे १ ज १६४२ नम्बरका जीप चालक पेम्बा तामाङ सुकेटारदेखि जाँदा र काफ्लेपाटीबाट सदरमुकाम फुङ्लिङ फर्किँदा यात्रु आतिएर पटक–पटक जीप रोक्न लगाउने गरेको अनुभव सुनाउनुहुन्छ । सडकका खाल्डाखुल्डिले जीप यात्रा जोखिमपूर्ण बनाएको हो ।

नेपाल सरकारले २०५३ सालमा गठन गरेको पाथीभरा क्षेत्र विकास समितिको भूमिका प्रभावकारी नहुँदा पनि समस्या भएको स्थानीयवासी बताउँछन् । कोषले पाथीभराको भेटी संकलन आफूले गर्न पाउनुपर्ने भन्नेमा मात्र ध्यान दिएको  तर यात्रुका लागि कुनै काम नगरेको उनीहरुको आरोप छ । पाथीभरामा तीर्थयात्रीले चढाएको ३ करोड रुपैयाँ बैंकमा राखिएको छ ।

रकम खर्च गर्ने आधार र नीति नहुँदा रकम खर्च गर्न नसकिएको पाथीभरा संरक्षण तथा सम्बर्द्दन समितिले बताएको छ । समितिका उपाध्यक्ष रणबहादुर कार्कीले सडकको स्तरोन्नति गर्न क्षेत्रीय पर्यटक मार्ग घोषणा गरेर सरकारले काम गरिरहेकाले समितिले चासो नदेखाएको बताउनुभयो । पाथीभरामा वार्षिक ३ लाखदेखि ४ लाखसम्म तीर्थ यात्री पुग्ने गरेका छन् । 

सुकेटारबाट १० किलोमिटर काफ्लेपाटीसम्मको सडक निर्माणको ठेक्का ५ करोड रुपैयाँमा सूर्य कन्ट्रक्सनले लिएको भए पनि ५० प्रतिशत पनि काम नगरेपछि उत्तर दक्षिण (ओलाङचुङगोला) सडक कार्यालयले काबाहीका लागि माथिल्लो निकायमा सिफारिस गरेको कार्यालय प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँले सूकेटारबाट २ किलोमिटर अर्थात् गुप्तेसम्म कालोपत्रे गर्ने ठेक्का पनि २ करोड ५० लाखमा लिएको यो कम्पनीलाई फर्मलाई कालो सूचीमा राख्न सिफारिस गरेको नेपालीले बताउनुभयो ।

उहाँले सडक डिभिजन कार्यालय इलामबाट कही वर्ष अगाडि ५५ लाख रुपैयाँ खर्च भएको र ०६९/०७० मा २५ लाख, ०७०/०७१ मा २५ लाख, ०७१/०७२ मा ६७ लाख, ०७२÷७३ अर्थात चालु आर्थिक वर्षमा १० लाख खर्च भई सकेको जानकारी पनि दिनुभयोे । यसरी करोडौ रुपैयाँ खर्च हुँदासमेत अहिलेसम्म सडकको अवस्था भने उस्तै छ ।

यस्तो बाटोमा गाडी चलाउनै नदिनुपर्ने आवाज पनि उठ्न थालेको छ । तर जोखिमपूर्ण सडकमा न त गाडी चल्न बन्द छ न त सडकको सुधार नै भएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful