192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​तेन्जिङ–हिलारी म्याराथनमा २ सय धावक सहभागी हुने
2018-05-16
असोज १३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने
2018-05-16

​गुण्डागर्दीविरुद्ध नयाँ एसपीको एक्सन : कास्कीका सबै गुण्डाको लिस्ट बनाइराखेको छु

कास्की, जेठ २ – वैशाख २७ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका एसपी ओमबहादुर रानाले गुण्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताउनुभएको छ । 

बुधबार पत्रकार भेटघाटमा उहाँले गुण्डागर्दी विरुद्धको प्रतिवद्धतासहित १२ बुँदे कार्ययोजनासमेत सार्वजनिक गर्नुभयो । 

एसपी रानाले गुण्डागर्दीप्रति योजना आफूले बनाइसकेको पनि जानकारी दिनुभयो । कास्कीमा रहेका गुण्डाको लिस्ट तयार गरिरहेको पनि उहाँको भनाई थियो । एसपी रानाको १२ बुँदै कार्य योजनामा प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण र स्तरवृद्धिलाई पनि समेटिएको छ । पोखराको मुख्य बजार र राजमार्ग क्षेत्रमा सिसी टिभी जडान गरी २४ घण्टा प्रहरीले निगरानी गर्न सक्ने कन्ट्रोल रुम निर्माणको लागि योजना बनाएको एसपी रानाले जानकारी दिनुभएको छ । 

रानाले गुण्डागर्दीपछि लागूऔषध नियन्त्रणमा जोड दिनुभएको छ । घरेलु मदिरा, लागूपदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रण, चोरी लुटपाट, कालोबाजरी नियन्त्रण, फरार अपराधीको पक्राउ, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई एसपी रानाले प्राथमिकतामा राख्नुभएको छ । लागूऔषध प्रयोग कर्तालाई मात्र नभइ बिक्री गर्ने र डिलरवालालाई कारवाही गर्ने योजना बनाएको एसपी रानाको भनाई छ । 

सामाजिक विकृति, विसंगति र कुसंस्कारविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने, छुट्टाछुट्टै तालिका बनाएर अपराधीको खोजी, कारबाही र सूचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड दिने एसपी रानाले बताउनुभयो । जुनसुकै सिन्डिकेट नियन्त्रण र मिटरमा नचल्ने ट्याक्सीलाई पनि कारबाही गरी छाड्ने अठोट एसपीको छ । कास्की आएपछि ३६ वटा ट्याक्सीलाई कारवाही गरेको उहाँले बताउनुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful