एनआरएन अध्यक्ष भवन भट्टले किने १५ करोडमा जहाज, ६ महिना भित्र उडान भर्ने
2018-01-14
नेविसंघको विवाद के हो ? अध्यक्ष महरलाई नै सोधियो स्पष्टीकरण
2018-01-14

​चिसोले मजदुरको दैनिकी कष्टकर

सिरहा, पुस ३० – केही दिन यता तराईका विभिन्न जिल्लामा चलेको शितलहरका कारण जनजिवन कष्टकर बनेको छ । चिसोले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेलाई समया परेको छ । कुहिरो र शितलहर नरोकिए पछि ज्याला मजदुरी गर्नेलाई हातमुख कसरी जोड्ने भन्ने पिरलोले सताउन थालेको छ ।

सिरहा गोलबजार नगरपालिका ११ बलकवाका २९ वर्षीय हेमकुमार सदाय घर नजीकैको इट्टा भट्टामा काचो इट्टा बनाउने काम गर्नुहुन्छ । केही दिन यता बढेको चिसोले गर्दा काम गर्ने समस्या भएको उहाँले गुनासो गर्नुभयो । तीन साताभन्दा लामो समयदेखि लागेको कुहिरो र शितलहरले काम गर्नै सकिएको छैन, सदायले भन्नुभयो ‘हामी मजदुरले हप्तौ काम गर्न नपाएपछि कसरी परिवार चलाउने ।’ 

दैनिक जसो बढिरहेको चिसोले सिरहाकै ५५ वर्षीय जमुनी सदायको परिवारलाइ पनि सताएको छ । चिसो छल्न परालको आगोको साहारा लिनुभएकी उहाँको मजदुरी काम पनि चिसोले गदाए प्रभावित भएको हो । करिव १ सय परिवार रहेको सिरहाको यो सदाय बस्तीका सबैजसो परिवारको आर्थिक स्रोत भनेको दैनिक ज्याला मजदुरी नै हो । आर्थिक रुपले विपन्न यो सदाय (मुसहर) बस्तीका नागरिकलाई यो चिसोमा न त चिसो छेक्ने न्यानो कपडा छ न परिवार चलाउने दरिलो आर्थिक स्रोत । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.