192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
कर्णाली प्रिमियर लिग : टिकापुर, धनगढी र रुपन्देही विजयी
2018-05-18
भारतीय सेना र पाकिस्तानी सेनाबीच जम्मु कश्मीरमा गोली हानाहान
2018-05-18

​चेन्नईविरुद्धको खेलमा सन्दीपसहित यस्तो छ दिल्लीको टिम

जेठ ४ – जारी आइपीएलमा आज दिल्ली डेयरडेभिल्सले आफ्नो १३ औं खेल चेन्नई सुपरकिंग्सविरुद्ध खेल्दैछ ।

चेन्नइले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको छ  । लेग स्पीनर सन्दीप लामिछानेसहितको चेन्नइविरुद्ध दिल्लीको टोली यस्तो छ 

दिल्लीको टोलीमा पृथ्वी शा, ग्लेन म्याक्सवेल, श्रेयस अय्यर, ऋषभ पन्त, अभिषेक शर्मा, विजय शंकर, हर्षल पटेल, अमित मिश्र, सन्दीप लामिछाने, ट्रेण्ट बोल्ट रहेका छन् । यसै गरी चेन्नईको टिममा शेन वाट्शन, अम्बाती रायूडु, सुरेश रैना, महेन्द्रसिंह धोनी, साम बिलिङ्स, ड्वेन ब्राभो, रवीन्द्र जडेजा, हरभजन सिंह, दिपक चाहर, शार्दुल ठाकुर र लुंगी एंगिडी रहेका छन् ।

यसअघिको खेलमा खेलेका जुनियर डाला र जेसन रोयको ठाउँमा आज अवेश खान र ग्लेन म्याक्सवेल रहेका छन् । रोयल च्यालेन्जर्स बेंग्लोरसँगको खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीपमाथि सबैको नजर रहेको छ । उनले आरसीबीसँगको खेलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिएका थिए ।

सन्दीप लामिछानेको दोस्रो खेल भएकाले लामिछानेका समर्थकहरुका लागि भने आजको खेल पनि निकै नै महत्वपूर्ण हुनेछ किनकी अघिल्लो खेलमा विराट कोहली, एबी डीभीलीयर्स जस्ता हस्तीहरुलाई बलिङ गरेका सन्दीपले आजको खेलमा सुरेश रैना, महेन्द्रसिंह धोनी, शेन वाट्सनलगायतका क्रिकेटका हस्तीहरुलाई बलिङ गर्नेछन् ।

चेन्नई सुपर किंग्स यसअघि प्लेअफमा गैसकेको छ । चेन्नई १२ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा छ भने दिल्ली समान १२  खेलबाट ६ अंक बटुल्दै अंक तालिकाको पुछारमा छ । प्लेअफ यात्रामा विराम लागिसकेको दिल्लीको लागि आजको हारजितले खासै फरक पार्दैन । उसका लागि यो प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful