192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Sunderland teachers head to Nepal classrooms
2018-05-28
वाह वाट्सन : १० बलमा ०, ४७ मा ११७ रन !
2018-05-28

​जब निर्देशकको नजर सोनाक्षी र इलियानामा रोकियो…

जेठ १४ – केही दिन अगाडि बलिउड अभिनेता अजय देवगन र निर्देशक अनिस बाजमीले साथमा काम गर्ने बाहिरिएको थियो । दुवैजनाले चलचित्र ‘साढे साती’ को निर्माण गर्दैछन । यो चलचित्र कमेडी धारमा निर्माण हुने र निकै मनोरञ्जनात्मक हुने बताइएको छ । यही चलचित्रका लागि अनीस बाजमी लामो समयदेखि अभिनेत्रीको खोजीमा रहेका थिए ।

निर्देशक अनिस बाजमीको नजर अभिनेत्री सोनाक्षी सिन्हा र इलियाना डिक्रुजमा रोकियो । निर्देशक बाजमी ‘साढे साती’ का लागि अजयको जोडीको रुपमा इलियानालाई साइन गर्ने कि सोनाक्षीलाई भनेर दुविधामा छन् । 
 
अनिस बाजमीले उनको पछिल्लो चलचित्र ‘मुवारकां’ मा इलियानाका साथ काम गरेका थिए । उनले इलियानाका साथ काम गर्न निकै सजिलो भएका महशुस गरेका छन् । पछिल्लो समयमा ‘बादशाहो’ र ‘रेड’ मा अजय देवगन र इलियानाले एकसाथ काम गरेका थिए ।

अजयले सोनाक्षी सिन्हाका साथ पनि काम गरिसकेका छन् । अजय र सोनाक्षीले चलचित्र ‘सन अफ सरदार’ र ‘एक्सन ज्याक्सन’ मा स्क्रिन शेयर गरिसकेका छन् । यी दुईको जोडीलाई दर्शकले निकै मन पराएका थिए ।

चलचित्र ‘साढे साती’ मल्टी स्टारर चलचित्र हुनेछ । जसमा अजय देवगनका अलावा अनिल कपूर र अन्य चार जना स्टारहरुले अभिनय गर्नेछन् ।  यस चलचित्रका लागि अनिस बाजमीले सोनाक्षीलाई मौका दिनेछन वा इलियाना डिक्रुजलाई, यस कुराको टुंगो लगाउन भने बाँकी नै छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful