192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
सुरक्षा परिषदमा जेरुसेलमका बारेमा छलफल हुने
2017-12-18
​राष्ट्रियसभा गठनमा दलीय सहमति खोज्न माओवादी केन्द्रको आग्रह
2017-12-18

​दोलखामा प्रहरी र म्यादी प्रहरीबीच सहमति

दोलखा, पुस ३ – दोलखामा नेपाल प्रहरी र म्यादी प्रहरीबीचमा रासनको विषयलाई लिएर भएको विवाद समाधान भएको छ । नेपाल प्रहरीलाई दिइने रासन सुविधा नै म्यादी प्रहरीलाई दिने भएपछि म्यादी प्रहरी सहमतिमा पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानका अनुसार दोलखाका प्रहरीलाई प्रति छाक ६५ रुपैयाँ दिने गरिएकोमा अब म्यादी प्रहरीलाई पनि प्रहरीकै बराबर रकम दिने सहमति भएको हो । आफ्नो सेवा सुविधा कटौती गर्न खोजेको र प्रहरीलाई भन्दा बढी खानाको रकम लिन लागेको भन्दै दोलखाका प्रहरी र म्यादी प्रहरीबीच झडप भएको थियो । प्रहरी प्रमुख नायव उपरीक्षक रामेश्वर कार्की र केही म्यादी प्रहरीबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

सोमबार दिउँसो प्रहरी कार्यालय अगाडि भएको झडपमा ७ जना म्यादी प्रहरी घाइते भएका थिए ।  घाइते म्यादी प्रहरीको प्रस्तावित चरीकोट अस्पतालमा उपचार भइरहेको छ । म्यादी प्रहरीलाई प्रतिछाक ६० रुपैयाँ तोकिएपछि उनीहरु प्रहरीविरुद्ध आक्रोशित हुँदै प्रतिछाक ९५ रुपैयाँ मागेर नाराबाजी गरी बजार परिक्रमा गरेका थिए । दोलखामा ७ सय ५५ जना म्यादी प्रहरी कार्यरत छन् । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful