192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​कर्णाली प्रिमियर लिगमा टिकापुर र धनगढी विजयी
2018-05-17
सुनसरीलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब उदयपुर गोल्डकपको फाइनलमा
2018-05-17

​प्रचण्डलाई मैले तपाईँको माओवादी सिद्धियो भनेँ, प्रचण्डले मलाई तपाईँको एमाले सिद्धियो भन्नुभयो : ओली

काठमाडौं, जेठ ३ – नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरण गरिबी र पछ्यौटेपनका विरुद्ध भएको बताउनुभएको छ । 

ओलीले आफूहरुसँग कसैले हल्लाउन र ढाल्न नसक्ने बहुमत भएको र आफूहरुले नै नीति तथा कार्यक्रम बनाएर सुखी र समृद्ध नेपाल बनाउन लाग्नुपर्ने बताउनुभयो । अन्य पार्टीहरुलाई पनि एकीकरणमा सामेल हुन ओलीले आह्वान गर्नुभयो । ‘अब के स–सना पसल थापेर बस्नुहुन्छ’, ओलीले विप्लवलगायतका कम्युनिष्टपार्टीतिर लक्षित गर्दै भन्नुभयो, ‘आउनुहोस एक भएर देश बनाउँ ।’

विप्लवलाई कटाक्ष गर्दै ओलीले भन्नुभयो, ‘यत्रो कम्युनिष्टले जितेको छ । सुतली बम पड्काएर हिँड्छ । हामीले नबुझेको कम्युनिष्ट विचारधारा के बुझ्नुभएको रहेछ ?’
ओलीले देशभक्त लोकतान्त्रिक भावना भएका पार्टीहरुलाई पार्टी एकीकरणको महान अभियानमा सामेल हुन  आह्वान गर्नुभयो ।

कांग्रेसप्रति व्यंग्य गर्दै ओलीले भन्नुभयो, ‘एउटा चुनाव हार्दैमा दिशाहीन भयो कांग्रेस, आत्तियो कांग्रेस । कहिले कुन भित्तामा टाउको ठोक्काउँछ, कहिले कुन भित्तामा ।’
ओलीले आफूले कानुनी राज र सुशासनका आधारमा काम गर्ने बताउँदै कांग्रेसलाई आत्तिन आवश्यक नरहेको बताउनुभयो । उहाँले योग्यता, क्षमता र सक्रियताका आधारमा जिम्मेवादी दिने र कुनै भ्रष्टारचारलाई आफूहरुले प्रश्रय नदिने बताउनुभयो । 

पार्टी एकता ऐतिहासिक भएको भन्दै ओलीले भन्नुभयो, ‘नयाँ इतिहासको रचना भयो । अब कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ उचाई लिएको छ ।’ उहाँले पार्टी एकीकरणको बाँकी काम ३ महिनाभित्र सिध्याउने बताउनुभयो । 

ओलीलले आफूहरुले एउटै कम्युनिष्ट शक्ति केन्द्र निर्माण गरेर नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरुप्रति न्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि अहिले पुष्पलाल कमरेड ज्यूँदै भएको भए नाच्नुहुन्थ्यो ।’

उहाँले शीर्ष तहका नेताले मात्र पार्टी अगाडि नबढ्ने र स्थानीय तहका कार्यकर्ताहरुको योगदानको महत्व सम्झाउँदै भन्नुभयो, ‘म ड्राइभरको सिटमा छु, तर गुड्ने ड्राइभर हैन चक्का हो ।’

उहाँले एकताका लागि दुवै पक्षमा नेता र मातहतका कार्यकर्ताको विवेकको नतिजा भएको बताउँदै भन्नुभयो, ‘प्रचण्डले वा मैले नमानेको भए एकता हुन्नथ्यो । एकताको महत्व दुवै पार्टीका कार्यकर्ता पंक्तिले नबुझेको भए पनि एकता हुन्नथ्यो । आज एकताको विपक्षमा कोही छैन । ’

दुई पार्टीमध्ये एक अर्कोमा मिसिएको नभई घोलिएको बताउँदै ओलीले भन्नुभयो, ‘जसरी महासागरमा कोशी र कर्णाली खोजेर भेटिन्न, त्यसैगरी अब को माओवादी थियो वा को एमाले थियो भनेर छुट्याउन  सकिन्न ।’ 

एकताका क्रममा प्रचण्ड र आफूले एकतापछि एक अर्कासँग ठट्टा गरेको बताउदै उहाँले भन्नुभयो, ‘मैले प्रचण्डजीलाई अब तपार्इंको माओवादी केन्द्र सिद्धियो भनेँ । उहाँले मलाई तपाईँको एमाले सिद्धियो भन्नुभयो ।’

एकतापछि कम्युनिष्ट पार्टीसँग एउटै मौका भएको र नमिलिकनै ६ प्रदेश मा सरकार रहेको बताउनुभयो । पार्टीमा दुई अध्यक्षको व्यवस्थाका बारेमा बोल्दै उहाँले जहाजमा पनि २ पाइलट हुँदा चलाउन सहज हुने भएकाले पार्टीमा २ दुइ अध्यक्ष हुनु अनौठो मान्न नहुने बताउनुभयो ।

उहाँले सबै दलहरुलाई एकजुट भएर देश बनाउन, देशलाई समृद्ध बनाउन यो एकताको महाअभियानमा सामेल हुन आग्रह पनि गर्नुभयो । तानाशाही र दमनका निम्ति आफूहरुको एकता आवश्यक भएको नभई देश बनाउन संकल्पलाई शालीनताका साथ निभाउन, भ्रष्टाचार निर्मूल गर्न एकता गरेको बताउनुभयो ।

राष्ट्रहितको पक्षमा छिमेकसँग सुमधुर सम्बन्ध राख्ने, देशलाई अल्पविकसितबाट विकासशीलमा लाने, गरीबी हटाउने पार्टीको उद्देश्य रहेको बताउनुभयो । एकतापछि मातहतका कार्यकर्ताको जिम्मेवारीबारे बोल्दै ओलीेले कार्यकर्ताको योग्यता, क्षमता र सक्रियता हेरेर जिम्मेवारी दिने साथै कार्यसम्पादन र देश विकासमा योग्यलाई जिम्मेवारी दिने पनि बताउनुभयो । उहाँले एकतापछि नेपालको लोकतात्रिक आन्दोलन नयाँ उचाइमा पुगेको  बताउनुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful