192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​नेत्रहिन विश्वकप क्रिकेट :श्रीलङ्काले दियो नेपाललाई ४ सय ९५ रनको विशाल लक्ष्य
2018-01-13
पुल निर्माणमा बजेट अभाव, माग ७७ अर्ब, निकासा तीन अर्ब
2018-01-13

​माघे संक्रान्तिमा कस्तो तरुल खाने ?

काठमाडौं, पुस २९ – माघे संक्रान्ति अर्थात मकर सक्रान्तिमा सबैको घरमा पाक्ने भनेको तरुल नै हो ।

वैदिक परम्पराअनुसार तरुललाई सबैभन्दा शुद्ध बस्तुको रुपमा लिइन्छ । त्यसैले माघे सक्रान्तिमा तरुलसँगै स्कुसको जरा, पिडालु, घिउ, चाकु, तिलको लड्डु, फुलौरा आदि खाने गरिन्छ । विशेष गरेर माघे सक्रान्तिमा धेरै प्रयोग हुने परिकार तरुल तरुल नै हो ।

तरुलका विभिन्न परिकारहरुमध्ये माघे संक्रान्तिका लागि आम नागरिकले मन पराउने र व्यापारिले बिक्रि गर्ने ३/४ प्रकारका तरुल मात्र हुने कालिमाटी तरकारी बजार थोक तथा व्यवासायीक संस्थाका अध्यक्ष भरतप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

वन तरुल

वन तरुललाई सबैभन्दा शुद्ध तरुलको रुपमा लिइन्छ । यो तरुल पूजापाठमा समेत उपयोगी मानिन्छ । वन तरुल सबैभन्दा मिठो हुने र उपभोक्ताको रोजाइमा पर्ने गरेको बताउनुहुन्छ कालिमाटी तरकारी बजार थोक तथा व्यवासायीक संस्थाका अध्यक्ष भरतप्रसाद खतिवडा । ‘वन तरुल अरु तरुलको तुलनामा सानो भए पनि मिठो हुने गर्दछ’, खतिवडा भन्नुहुन्छ, ‘त्यसैले उपभोक्ताको रोजाइमा वन तरुल पर्छ ।’ वन तरुल प्रतिकेजी १०० देखि १५० सम्ममा बिक्री भैरहेको खतिवडाले जानकारी दिनुभयो ।

रातो तरुल

रातो तरुल सबैभन्दा उत्तम मानिन्छ । अरु तरुलको तुलनामा रातो तरुल महङ्गो हुने बताउनुहुन्छ खतिवडा । रातो तरुलभित्र धेरै प्रकारका तरुल पर्दछन । त्यसमध्ये हात्तिपाइले तरुल सबैभन्दा महङ्गो र मिठो हुने बताउनुहुन्छ खतिवडा । पहिला हात्तिपाइले तरुल नवलपरासी, पाल्पा, चितवनलगायतका जिल्लामा धेरै उत्पादन भए पनि अहिले उत्पादन र बजारीकरणमा कमी आएको कालिमाटी तरकारी बजार व्यवसायी सस्थाका अध्यक्ष भरतप्रसाद खतिवडा बताउनुहुन्छ । कालिमाटी तरकारी व्यवसायीका अनुसार रातो तरुल पनि १०० देखि १६० प्रतिकेजीसम्ममा बिक्ती भैरहेको छ ।

घर तरुल

घर तरुल पनि धेरै प्रकारका हुने गदैछन् । आकाशे तरुल, मुढे तरुल, जाँते तरुल आदि घर तरुल अन्तर्गत पर्दछन् । घर तरुल अन्तर्गत सेतो तरुल निकै सस्तो तरुल भएको तरकारी व्यापारी बताउछन् । पहिला सेतो तरुल भारतबाट आउने गर्दथ्यो । अहिले सिराहा जिल्लाबाट अत्याधिका मात्रामा घर तरुल उत्पादन हुने गरेको बताउनुहुन्छ कालिकाटी तरकारी बजार थोक तथा व्यवसायी संस्थाका बिक्रेता भरतप्रसाद खतिवडा । भारतबाट अहिले तरुल निर्यात नहुने खतिवडाको दाबी छ । कालिमाटी तरकारी बजारमा घर तरुल ५५ देखि १०० सम्मका बिक्री भैरहेको छ ।

सिमल तरुल

अहिले सिमल तरुल पनि उत्पादन हुने गर्दछ । सिमल तरुल व्यवसायीक उत्पादन भए पनि अन्य तरुलको नै बिक्री वितरण हुने गरेको कालिमाटीका तरकारी व्यवसायी बताउछन् ।

कतिपय तरुलको व्यवसायीक खेती गरिन्छ भने कतिपय वनबाट पनि खनेर खाने प्रचलन छ । धादिङ, मकवानपुर, काभ्रे, नुवाकोटलगायतका जिल्लाबाट आउने तरुलमा कमी भएको कालिकाटी तरकारी बजारका व्यवसायी बताउछन् । पहाडी भेगमा पहिला निकै उत्पादन हुने तरुल अहिले बजारमा आउनै छोडेको बताउनुहुन्छ खतिवडा ।

अहिले तरुलको मूल्य ५०/५५ प्रति केजीदेखि १००/११५ प्रतिकेजीसम्म पर्न जान्छ । खतिबडाका अनुसार यस वर्ष तरुलको मूल्य अघिल्लो वर्षको भन्दा १० प्रतिशतले वृद्धि भएको छ । तरुलको उपयोगीता माघे संक्रान्तिमा मात्रै नभएर जाडो समयभर तरकारीका रुपमा उपभोक्ताको रोजाइमा पर्ने गरेको खतिवडा बताउनुहुन्छ ।
 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful