192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
​सेनाको रगतले डोटीमा सुत्केरीको ज्यान बच्यो
2018-01-14
पुर्खाले चलाएको मौसम अनुसार खाने परिकारलाई विज्ञानको पनि सम्मान
2018-01-14

​यसकारण खानुहोस माघे सक्रान्तिमा चाकु, तरुल, पिंडालु !

पुस ३० – माघे सक्रान्तिमा खाने विभिन्न परिकारमध्ये सबैको आफ्नो आफ्नै महत्व विशेषता रहेका हुन्छन् । धार्मिक आस्थासँग जोडोर होस वा अन्य कारणबाट माघे सक्रान्तिमा खाने परिकार स्वास्थ्यका दृष्टिले विभिन्न फाइदा हुने गर्दछ ।

स्वास्थकका दृष्टिकोणले माघ महिनामा घ्यू, चाकू, तरुल, पिंडालु, तिलको लड्डु, खिचडीलगायतका खानेकुरा जाडोमा फाइदाजनक हुने डाक्टरहरु बताउछन् । अल्काका बरिष्ठ पोषणविद् विनिता पन्तका अनुसार चिसो समयमा खाने चाकु, तिलको लड्डु, तरुल पिंडालुले शरीरलाई न्यानो बनाइराख्छ । 

चाकु –

पोषणविद् पन्तका अनुसार चाकु १०० ग्राम खाँदा ११ मिलिग्राम आइरन पाइन्छ । चाकुले चिसोको समयमा शक्ति प्रदान गर्छ । चाकु क्यालोरीको पनि राम्रो स्रोत हो । यसले शरीरमा तातो प्रदान गर्छन । त्यसैले चिसोमा शक्ति प्रदान गर्दछ ।

तिलको लड्डु –

पोषणविद् पन्तका अनुसार तिलको लड्डुमा क्याल्सियम, चिल्लो र क्यालोरीको मात्रा धेरै हुन्छ । ‘जाडोमा शरीर चिसो भएकाले बढी मात्रामा शरीरलाई शक्ति चाहिन्छ’, पोषणविद् पन्त भन्नुहुन्छ, ‘तिलकोे लड्डुले त्यसको पूर्ती गर्छ ।’ तिल ढीलो पच्ने भएकाले शरीरलाई शक्ति प्रदान गरिरहने पन्त बताउनुहुन्छ ।

तरुल पिंडालु –

तरुल र पिंडालु शरीरका लागि राम्रो खानेकुरा भए पनि व्यवस्थापन मिलाउन सक्नुपर्ने पोषणविद् पन्त बताउनुहुन्छ । ‘हामीले दैनिक रुपमा क्यालोरिन धेरै खाइरहेका हुन्छौं’, पोषणविद् पन्त भन्नुहुन्छ, ’तरुलमा क्यालोरी, कार्वोहाइडेट धेरै मात्रामा हुन्छ ।

फाइबर सोलुबल फाइबर र इनसोलुबल फाइबर अर्थात पच्ने र नपच्ने पदार्थ हुन्छ अर्थात तरुलमा खस्रो पदार्थ धेरै हुन्छ र त्यसले शरीरको पेटलाई सफा गर्छ ।’ पन्तका अनुसार स्यालोनियम कपुर पनि तरुलमा हुन्छ र त्यसले शरीरलाई फाइदा गर्छ ।

सबै खानेकुराको फाइदा र बेफाइदा हुन्छ । डाक्टरहरुले खानेकुरा धेरै र नमिलाइकन नखान आग्रह गर्दछन् । पन्तका अनुसार खानेकुरा ब्यालेन्स बनाएर नखाएमा खानेकुराले शरीरलाई बेफाइदा गर्छ । बिरामी हुनुभन्दा पहिला नै खानेकुरा मिलाएर खान डाक्टरको सुझाब छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful