Cheers and a sing-song: Australian MPs back gay marriage
2017-12-07
स्याङ्जामा कांग्रेसले ४ बुथ कब्जा गरेको बाम गठबन्धनको आरोप, पुनः मतदानको माग
2017-12-07

​युएईमा पीएसबिडीको तयारी गरिरहेका एक युवाको ज्यान गयो

उमाकान्त पाण्डे/उज्यालो ।

युएई, मसिंर २१ – रोजगारीका लागि युएई आएका एक जना नेपालीको ज्यान गएको छ । आबुधाबीमा रहेको मिडिल ईस्ट सेक्युरिटी कम्पनी मार्फत आबुधाबी विमानस्थलको पुर्वी गेटमा कार्यरत चितवनको मेघौलीका भरत घिमिरेको बिहीवार बिहान ज्यान गएको हो ।

मृतक घिमिरे ६ महिना अघि युएई आउनु भएको थियो । काम सुरु गरेपनि आबुधाबीमा कार्यरत सेक्युरिटी गार्डले प्राइभेट सेक्युरिटी बिजनेस डिपार्टमेन्ट (पीएसबिडी) परीक्षाको तयारीका लागि घिमिरे राती अवेरसम्म पढिरहनुभएको थियो । 

बिहीबार बिहान परिक्षा भएकोले उहाँले राती अवेरसम्म तयारी गर्नुभएको थियो । परिक्षा दिन जान सबै जना गाडीमा पुग्दा पनि भरत नआएपछि बोलाउन जाँदा ओछ्यानमै मृत भेटिएको उहाँका सहकर्मीको भनाई छ । ३६ बर्षिय घिमिरेको घरमा श्रीमती र दुई छोरी छन् ।   

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.