192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंहकेसीको एउटै स्वर: देउवाले काग्रेसलाई सिध्यााए
2018-01-14
ग्लोबल आइएमई बैंकको शाखा बुर्तिवाङमा
2018-01-14

​राष्ट्रियसभाका उम्मेदवारले ३ लाख ५० हजारभन्दा बढी खर्च गर्न नपाउने

काठमाडौं, पुस ३० –निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका उम्मेदवारका लागि खर्चको अधिकतम सीमा तोकेको छ । 

निर्वाचन आयोगले राष्ट्रियसभा उम्मेदवारका लागि ३ लाख ५० हजारसम्मको अधिकतम खर्चको सीमा तोकेको छ ।  राष्ट्रियसभाका उम्मेदवारले विभिन्न १० शीर्षकमा गरी ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

उम्मेदवारले मतदाता नामावली खरिद शीर्षकमा १ हजार, सवारी साधनमा ७० हजार खर्च गर्न पाउनेछन् । त्यस्तै इन्धन शीर्षकमा १० हजार खर्च गर्न सक्नेछन् । त्यस्तै घोडा प्रयोग गरेमा घोडाको दानासमेत यसैमा समेटिने निर्वाचन आयोगले जानकारी दिएको छ । 

त्यस्तै प्रचारप्रसार सामग्री १४ हजार ५ सय, ढुवानीमा १० हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि १ लाख, छापा तथा विद्युतीय माध्यममा प्रचारप्रसारका लागि १४ हजार ५ सय खर्च गर्न पाउनेछन् । 

त्यस्तै कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन र विविध शीर्षकमा ३०–३० हजार खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful