दिपक मनाङ्गे प्रदेशसभाको सांसदमा निर्वाचित
2017-12-07
Poverty tourist?
2017-12-07

​रोनाल्डोले जिते बालोन डि ओर अवार्ड, गरे मेस्सीसँग बराबरी

मंसिर २२ –रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले २०१७ को बालोन डि ओर अर्वाड हात पारेका छन् । 

आइफेल टावरमा एक भव्य समारोहबीच रोनाल्डोलाई अवार्ड प्रदान गरिएको हो । बार्सिलोनाका स्टार खेलाडी मेस्सी र पिएसजी स्टार नेइमारलाई पछि पार्दै रोनाल्डोले बाजी मारेका हुन् ।

सन् २०१६–१७ को सिजनमा रोनाल्डोले रियल मड्रिडलाई लालिगा र च्याम्पियन्स लिगमा उपाधि दिलाएका थिए । यो उपाधिसँगै रोनाल्डोले बालोन डि ओर अवार्डमा मेस्सीसँग बराबरी गरेका छन् । 

रोनाल्डो र मेस्सीले पाँच–पाँच पटक बालोन डि ओर अवार्ड जितेका छन् । बिहीबार राति आइफेल टावरमा भएको समारोहमा एउटा ड्रामाटिक भिडियोमार्फत विजेता घोषित गरिएको थियो । पोडियममा ट्रफी लिएर बसेका रोनाल्डोलाई भिडियोमार्फत देखाइएको थियो । 

अवार्ड प्राप्त गरेपछि रोनाल्डोले भने, ‘अवश्य, म एकदमै खुशी छु । यो मेरो करिअरमा नै ठूलो अवसर हो । यो त्यस्तो चिज हो जुन म प्रत्येक वर्ष जित्न चाहन्छु । म रियल मड्रिडका सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

१७३ जना खेल पत्रकारहरुले गरेको भोटको आधारमा रोनाल्डोले अवार्ड हात पारेका हुन् । बार्सिलोनाका स्टार खेलाडी मेस्सी रनर अप भए भने विश्वकै मंहगा खेलाडी नेइमार तेस्रो भए । त्यस्तै युभेन्टसका गोलरक्षक जियानलुइगी बुफोन चौथो भए । रोनाल्डोले यसअघि २००८, २०१३, २०१४ तथा २०१६ मा बालोन डि ओर अवार्ड जितेका थिए । 

लियोनल मेस्सीले भने सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा बालोन डि ओर अवार्ड जितेका थिए । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.