Baghdad double suicide attack kills many
2018-01-15
दुई लाख घुसमा १२ हजार उहाँलाई बांकी हाकिमहरुलाई । तासको खालमा मस्त ट्राफिक प्रहरी !(नयाँ इपिसोड)
2018-01-15

​संखुवासभा जिप दुर्घटनामा ज्यान गुमाउनेको शव परिवारलाई बुझाइदै

संखुवासभा, माघ १ – संखुवासभाको मकालु गाउँपालिकामा आइतबार भएको दुर्घटनामा ज्यान गुमाउने ६ जनाको शव आज परिवारलाई बुझाइदैछ ।

जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल सहित ६ जनाको ज्यान गएको थियो । ज्यान गुमाएकाको शव सदरमुकाम खाँदबारी अस्पतालमा राखिएको छ ।

ज्यान गुमाएका काठमाडौंका ईन्जिनियर सुदिप ढकाल, समाजशास्त्री अर्जूृन बस्नेत र जिप चालक मकवानपुरका कृष्ण श्रेष्ठको शव हेलिकोप्टरमार्फत काठमाडौ ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.