192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
एकता संयोजन समितिको बैठकअघि ओली र प्रचण्डले बिरुवा रोपे
2018-05-17
EDITORIAL: Powering SMEs
2018-05-17

​सरकारले श्रम सहजकर्ताले लिन पाउने शुल्क तोक्यो

काठमाडौं, जेठ ३ – वैदेशिक रोजगारीमा जाने व्यक्ति श्रम स्वीकृतिको बहानामा ठगिने क्रम बढेपछि सरकारले सहजकर्ताले लिन पाउने शुल्क तोकेको छ । 

वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुल्ने क्रम बढेपछि सरकारले फारम भराउन सहयोग गर्ने सहजकर्ताले ३ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको हो । 

श्रम स्वीकृतिका लागि जाने व्यक्तिसँग बीमासहितका विभिन्न बहानामा २५ सयदेखि ३ हजार रुपैयाँसम्म लिने गरिएको थियो । यसलाई नियन्त्रण गर्न ताहाचलस्थित श्रम कार्यालयले सहजकर्ता व्यवसायीसँग गरेको छलफलपछि यस्तो निर्णय गरेको हो । यस्तै लिएको शुल्कको बिल पनि अनिवार्य रुपमा दिनुपर्ने नियम लागु गरिएको छ । 

यस्तै कार्यालयले श्रम स्वीकृतिको काम दुई घण्टाभित्रै हुने गरी योजना बनाएको पनि बताएको छ । लाइनमा रहेका युवासँग छिटो काम गरिदिने भन्दै पैसा असुल्ने बिचौलिया सक्रिय भएपछि डिजिटल क्यु प्रणाली लागु गरेर त्यसलाई व्यवस्थित गर्न लागेको कार्यालयले जनाएको छ । 

यो पनि पढ्नुहोस् । 

पुलिस बन्यो ग्राहक, फन्दामा परे बिचौलिया (नामसहित)

फेरि पनि ग्राहक बनेर २९ जना बिचौलियालाई पक्रियो प्रहरीले

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful