South Africa bus crash 'kills 20 children'
21st April 2017
Venerated Neurosurgeon, Stephen Goldware, MD, will be Honorably Mentioned in The Leading Physicians of the World
21st April 2017
Show all

डाक्टरलाई मुक्का हान्ने व्यक्ति पक्राउ

काठमाण्डौ, ८ बैशाख । कान्ति बाल अस्पतालमा सेवामा खटिरहेका चिकित्सकमाथि मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
कान्ति अस्पतालमाका डाक्टर मुकुन्द कुमार देवलाई बिनाकारण मुुक्का प्रहार गर्ने विरामीका आफन्त पक्राउ परेका हुन् ।
सोलुखुम्वु वेनी गाविसका २६ बर्षिय अनिल श्रेष्ठ काठमाण्डौको बानियाटारबाट पक्राउ परेका हुन् ।
उनीमाथी आवाश्यक थप अनुसन्धान गरी आरोप प्रमाणित भए सार्वजनिक मुद्धा चलाईने महाराजगञ्ज बृत्तका डिएसपी गोविन्द पुरी जानकारी दिए ।
बुधबार दिउँसो अस्पतालमा काम गरिरहेका डा. मुकुन्द कुमार देवमाथि उनले मुक्का प्रहार गरेर फरार भएका थिए ।उनले डा. देवमाथि मुक्का हानेको घटनापछि कान्ति अस्पतालका चिकित्सकहरुले दोषीमाथि कारबाहीको माग गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *