चुनाव चिन्हको लागि कडा संघर्ष गर्ने उद्घोषसहित सकियो ६८ दलको अनशन
21st April 2017
South Africa bus crash 'kills 20 children'
21st April 2017
Show all

रुखले किचेर एकको मृत्य, एक गम्भीर घाइते

तेह्रथुम, वैशाख ८ – तेह्रथुममा रुखले किचेर शुक्रबार एक युवाको घटनास्थलमै ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । आठराई गाउँपालिका–२ को जंगलमा गोलियाका लागि उत्तिसको रुख ढाल्ने क्रममा इलाम घर भएका २९ वर्षका अमिर लिम्बुको ज्यान गएको हो । 
मृतक अमिरसँगै काम गर्ने इलामकै अर्का २६ वर्षका लक्ष्मी लिम्बु गम्भीर घाइते भएका छन् । घाइते लिम्बुको उपचारका लागि पाँचथर जिल्ला अस्पतालतर्फ रेफर गरिएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ । 

Source: Ujyalo network ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *