​पाँच दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
21st April 2017
Zero DS: A plug-in electric commuter bike that is a rarity in the two-wheeled world
21st April 2017
Show all

सकियो मोर्चा र सरकारबीचको वार्ता, निर्वाचन र संशोधनमा सहमति खोज्ने सहमति

काठमाडौं, ८ वैशाख । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनबारे सहमति जुटाउन बसेको सत्तारुढ दल र मधेशी मोर्चा बीचको बैठकले सहमतिमै राजनीतिक निकास खोज्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, प्रस्तावमाथि मोर्चाको धारणा र बैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर शनिबार दिउँसो २ बजे बस्ने बैठकमा सहमति जुटाउने सत्तारुढ दल र मोर्चाका नेताहरुले बताएका छन् ।
शुक्रबार दुई चरणमा भएको वार्ताले संविधान संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन गरेको छ । ‘सत्तारुढ दलहरुले सकारात्मक कुरा गरेका छन्, संशोधनमा कहाँ केके परिर्माजन गर्ने भन्ने गृहकार्य गर्न कार्यदल गठन भएको छ’ मधेसी मोर्चाका नेता रामनरेश रायले भने ।कार्यदलमा सत्तारुढ दलहरुबाट कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् भने मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् ।
बैठकमा सत्तारुढ दलका नेताहरु संविधान संशोधन प्रस्तावलाई थप परिमार्जन गर्न सकारात्मक भएको र मोर्चाका नेताहरु सकारात्मक वातावरण बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकारात्मक भएका छन् ।
आजको बैठक निकै सकारात्मक र उत्साहवर्द्धक भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका शीर्ष नेताहरु सहभागी थ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *