बूढीगण्डकीको सम्झौता खारेज गरेर सरकारले गल्ती गर्‍यो : प्रचण्ड
2017-11-15
रियल मड्रिड छोड्न चाहन्छन् रोनाल्डो
2017-11-15
Show all

पार्टी एकता र समसामयिक विषयमा संयुक्त पत्रकार सम्मेलन

काठमाडौं : नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल, पार्टी एकता लगायत समसामयिक विषयमा आज संयुक्त पत्रकार सम्मेलन हुने भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आज संयुक्त रुपमा बिशेष पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता पोलिटब्युरो सदस्य बिष्णु रिमालले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक साथ राखेर आज पत्रकार सम्मेलन आयोजना गर्ने तय भएको जानकारी दिए ।

नेता रिमालका अनुसार अध्यक्षद्वय ओली र दाहालले हालसम्मको चुनावी प्रचार, सरकारबाट भइरहेको आचारसंहिता विपरितका कामलगायत पार्टी एकता र चुनावी तालमेलबारे सञ्चार क्षेत्रमार्फत आम जनताको जिज्ञासा मेटाउने छन् । रोयल ब्यांकेट तीनकुनेमा साँझ पौने ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।


Source: Yes Kathmandu ले छापेको छ ।

Comments are closed.