Nepal, Philippines play draw
2017-11-15
पार्टी एकता र समसामयिक विषयमा संयुक्त पत्रकार सम्मेलन
2017-11-15
Show all

बूढीगण्डकीको सम्झौता खारेज गरेर सरकारले गल्ती गर्‍यो : प्रचण्ड


चितवन, २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग गरेको सम्झौता
सरकारले एकलौटीरुपमा खारेज गरेर गल्ती गरेको आरोप लगाएका छन् ।

विना बिभागीय मन्त्रीसहित सरकारमा रहेको माओवादीलाई नसोधी निर्णय गरिएको भन्दै प्रचण्डले देउवा नेतृत्वको सरकारप्रति असन्तुष्टि पनि पोखे । ‘सरकारका सहभागी प्रमुख दलको सहमति विना निर्णय गर्न मिल्दैन,’ बुधबार बिहान चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बूढीगण्डकी सम्झौता खारेज गरेर यो सरकारले गल्ती गरेको छ ।’

उनले धेरै मेहनत गरेर राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी सम्झौता गरिएको बताउँदै उक्त परियोजना सफल हुँदा आर्थिक क्रान्ति र समृद्धि हुने जिकिर गरे । यद्यपि प्रचण्ड नेतृत्वको सरकारले गरेको उक्त सम्झौता प्रक्रिया पूरा नगरी गरिएको र आर्थिक अनियमितता गरेको भन्दै नयाँ शक्ति लगायतका पार्टी र नागरिक समाजले समेत विरोधका आवाज उठाएका थिए । राष्ट्रिय गौरवको योजना नेपालीले आफ्नै लगानीमा सम्पन्न गर्न पाउनुपर्ने उनीहरुको माग रहँदै आएको थियो ।

प्रचण्डले कुनै अप्ठेरो अवस्था आएमा भूमिका खेल्न भनेर मात्र माओवादी सरकारमा बसेको जिकिर गरे । सरकारविरुद्ध आक्रोश पोख्दै उनले भने, ‘यो सरकार आर्थिक विकास र सम्बृद्धितिर होइन, निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ भन्ने प्रमाण हो ।’ चीन सरकारका प्रतिनिधिसमेत बसेर गरेको सम्झौता खारेज गरेर सरकारले गलत गरेको उनको तर्क थियो ।

संसदीय समितिले समेत खारेज गर्न निर्देशन दिएको भन्दै देउवा सरकारले हालै मात्र उक्त सम्झौता खारेज गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.