प्रतीक्षा सरकारी लगानीको
2017-11-15
आजसम्म पनि एक हुन नसकेको धर्मेन्द्रको त्यो परिवार
2017-11-15
Show all

महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा बलिया वाम र कांग्रेसबिच कडा प्रतिस्पर्धा

महोत्तरी, कात्तिक २९ – दोश्रो चरण अन्र्तगत महोत्तरीमा मंसिर २१ गते हुने चुनावको प्रचार प्रसार उत्कर्षमा छ । प्रतिनिधसभा र प्रदेशसभाका प्रत्यासीले मतदाता तान्न प्रचार प्रसार र चुनावी सभामा व्यस्त छन् । 

आसन्न चुनावको रंगमा महोत्तरी क्षेत्र नं. १ समेत रंगिएको छ । प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, कांग्रेसबाट सीताराम भण्डारी र संघीय समाजवादी फोरमबाट लक्ष्मी महतो चुनावी मैदानमा छन् ।  

प्रदेश प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेल र कांग्रेसका सीताराम भण्डारीबिच प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिस्पर्धामा वाम गठबन्धनको पल्लरा भारी देखिको छ ।

बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा माओवादी र एमालेको मत अन्य दल भन्दा धैरैको अन्तर भएको र पटक पटक मन्त्री भएर महोत्तरीमा गरेका कामले पोखरले बलिया उम्मेदवार भएको बुद्धिजीविको तर्क छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.