​वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
2017-11-15
सामान्य मानिसले निर्वाचन लड्न नसकिने अवस्थामा पुगियो : ढुंगाना
2017-11-15
Show all

शेरधन राईमाथि बम हमला गरेर चुनाव विथोल्न खोजियो : वाम गठबन्धन

भोजपुर, कात्तिक २९ – नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राईलाई लक्षित गरेर बम प्रहार भएपछि देशमा स्थायित्व नचहानेहरुले भोजपुरमा ठूलो गिरोह परिचालन गरेको वाम गठबन्धनको निष्कर्ष रहेको छ ।  

वाम गठबन्धनका उम्मेदवारले बुधबार मिडिया सेन्टर भोजपुरमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । यसभन्दा अगाडिसमेत भोजपुर जिल्लामा रहस्यमय घटनाका दोषी अहिलेसम्म पत्ता नलाग्नु र पूर्व मन्त्रीमाथि नै बम प्रहार हुनु गम्भीर विषय रहेको प्रतिनिधि सभाका उम्मेदवार सुदन किरातीले बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्नुहुदै पूर्व मन्त्री एवं वाम गठबन्धन प्रदेश तर्फ क्षेत्र नं-२ का उम्मेदवार शेरधन राईले यो घटना सुनियोजित हिसाबले आफ्नो राजनीतिक इतिहासलाई समाप्त गर्ने उद्देश्यले गरीएको बताउनुभयो । आफूले राष्ट्रको काम गर्दा कसैलाई असर पर्ने काम नगरेकोसमेत उहाँले दावी गर्नुभयो ।

राईले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई इंगित गर्दै घटनाको विषयमा जसलाई शंका गरीएको छ त्यस समूहले नभएर वामपन्थि शक्तिहरुको विजयबाट आत्तिएका तत्वहरुको हारको मानसिकताको पराकाष्ट रहेको दावी गर्नुभयो । कार्यक्रममा क्षेत्र नं-१ का वाम गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईले सुरक्षा निकाय गम्भीर भएर उम्मेदवारको सुरक्षामा लाग्नुपर्ने बताउनुभएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.