Claim to fame
2017-11-15
Minister Basnet starts door-to-door visit for electioneering
2017-11-15
Show all

हिँड्ने बेलामा विभागका महानिर्देशक पाण्डे पक्राउ

प्रचण्ड नेतृत्वको सरकारका बेला आरजु राणालाई प्रभावमा पारी विभागको महानिर्देशक बनेका थिए

काठमाडौं, २९ कात्तिक । आगामी ६ मंसिरमा अवकाश लिने तयारीमा रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे १० लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रूपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा पाण्डे पक्राउ परेका हुन् ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै इन्द्रेणी फुडल्यान्डमा १० लाख रकमसहित पौडेल र केसी पक्राउ परेका थिए ।

पाण्डे विभागमा पुग्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई प्रभावमा पार्न सफल भएका थिए । एकजना म्यानपावर व्यावसायीले उक्त मध्यस्तता गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.