Minister Basnet starts door-to-door visit for electioneering
2017-11-15
शेरधन राईमाथि बम हमला गरेर चुनाव विथोल्न खोजियो : वाम गठबन्धन
2017-11-15
Show all

​वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

काठमाडौं, कात्तिक २९ – वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् । विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्गबहादुर केसीलाई पक्राउ गरेको एक दिन पनि नबित्दै पाण्डेलाई पक्राउ गरिएको हो । 

पौडेल र केसीलाई बानेश्वरमा हरेको इन्द्रेणी फूडल्याण्डबाट १० लाख रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ गरिएको थियो । उनीहरुकै बयानका आधारमा महानिर्देशक पाण्डेलाई पक्राउ गरिएको जनाइएको छ । रोक्का कारबाही फुकुवा गर्न उनीहरुले एक म्यानपावर कम्पनीबाट पैसा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.