282e80499baa53ce01ce9ee20bc5ae85
नेपाली सेना प्रस्तुत ग¥यौं आफ्नो कला कौशल, शिवरात्रीमा पशुपतिमा देखिएको दृश्य ? – POWER NEWS
2018-02-13
STV-Chat-With-Pandit-Ram-Krishna-Upadhyaya
STV Chat With Pandit Ram Krishna Upadhyaya
2018-02-13
Prime-Time-8-PM-NEWS-2074_11_01-NEWS24-TV

Prime-Time-8-PM-NEWS-2074_11_01-NEWS24-TV


एमाले र माओवादी केन्द्रको एकताको चर्चा यतिखेर उत्कर्षमा छ । भाषण र वार्तालाई आधार मान्ने र विश्वास गर्ने हो भने एकता निकै अघि बढिसकेको छ । एकतामा मुल प्रश्न र अघि आउने विषय पद र जिम्मेवारी नै हो । यही विषयलाई लिएर बिभिन्न अड्कलबाजी र अनुमानका खेतीहरु भइरहेका छन् । नेपालको कम्युनिष्ट पार्टीहरुको इतिहास पल्टाएर हेर्दा पनि एकताका भन्दा वियोग र विछोडका कथाहरु धेरै लेखिएका छन् । हलन्तसम्ममा कुरा नमिल्दा टुक्रिएको इतिहास नेपालको कम्युनिष्ट आन्दोलनमा नौलो होइन । अहिले नेपालको राजनीतिका दुई ठूला शक्ति मानिएका एमाले र माओवादी केन्द्र समाजवादी नेपाल स्थापनार्थ एकताको अंगालोमा छन् । एकतामा कतिपय विषय झिना मसिना पनि ठानिएलान । तर केही यस्ता मुद्दा छन् जस्ले दुई पार्टीबीचको एकतामा पेचिलो बनेर पेश हुन थालेका छन् , जसमध्ये एक हो– माओवादीको जनयुद्द ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. एमाले र माओवादी केन्द्रको मिश्रणबाट नेपाल कम्युनिष्ट पार्टी बनाउने कसरत अन्तिम विन्दूमा,माओवादीको ‘जनयुद्द’लाई लिएर हेर्ने दृष्टिकोणमा सतही वहस सुरु ।

२. दिवा सपनाले मात्र क्रान्ति पूरा नहुने माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रष्टोक्ति, समाजवाद स्थापनाको लािग वृहत् कम्युनिष्ट शक्तिको आवश्यकता ।

३. प्रदेश नम्बर दुई र पाँचमा पनि सभामुखको चयन निर्विरोध, प्रदेश दुईमा सरोजकुमार यादव र प्रदेश पाँचमा पूर्णबहादुर घर्ती सभामुखमा चयन ।

४. महाशिवरात्रि पर्वको अवसरमा पशुपतिलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो, मानवमा शिवत्वको असल भावना जगाउन महाशिवरात्रिले प्रेरणा दिने विश्वास ।

५. रक्सोलदेखि बाराको अमलेखगञ्जसम्म विछ्याइने पेट्रोलियम पाइपलाइन योजना कार्य तीब्र गतिमा, पाइपलाईन बनेपछि नेपालको बार्षिक ५५ देखि ६० करोड रुपैयाँ जोगिने ।

६. खडेरीका कारण पूर्वी बाजुरामा खानेपानीको मुहान नै सुकेपछि स्थानीयवासी काकाकुल बने,बल्लतल्ल जोहो गरिएको एक गाग्रो पानीले मानिसदेखि चौपायासम्म बाँच्नु पर्ने स्थिति ।

७. भूकम्प पछिको पुनर्निर्माणले गाउँघरमा नै युवाहरुलाई रोजगार बनायो, मासिक पन्ध्र हजार कमाउन मुश्किल पर्ने मजदूरहरुलाई अहिले भ्याई नभ्याई ।

८. र, संकटालाई १–० गोल अन्तरले हराउँदै वीरगञ्ज यूनार्ईटेड सिमरा गोल्डकपको सेमिफाइनलमा, पहिलो सेमिफाइनलमा थ्रीस्टारले मोरङ फुटबलको सामना गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *