192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
133e60fd7b35d3efffd980802f853bbe
यातायात व्यावसायीलाई सरकारले अन्याय गरेको छ-CHHA PRASNA
2018-01-28
6469362cfe2ccd1d310f34f763d0d977
Sajha Sawal । साझा सवाल अङ्क-५२९ – दशवर्षमा के फेरियो, के फेरिएन ?
2018-01-28
Prime-Time-8-PM-NEWS_2074_10_13-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2074_10_13-NEWS24-TV


दलहरुबीच नयाँ विवाद सतहमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले धमाधम बिभिन्न निर्णयहरु गर्न थालेपछि सिंहदरबारको यात्राको सुरसारमा रहेको बाम गठबन्धन ती निर्णयविरुद्ध डटेर लागेको अवस्था देखिएको छ । एमाले अध्यक्ष केपीशर्मा ओलीले पत्रकार सम्मेलन नै गरेर निर्णयहरुप्रति असहमति जनाउँदै गर्दा बाम गठबन्धनको अर्को शक्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्णयहरु उल्ट्याउने संकेत गर्नुभएको छ । यता प्रधानमन्त्री देउवाले केही काम गर्दा पनि विपक्षीले ढोल पिटेको भन्दै आफ्नो वचाउ गर्दै गर्दा उपप्रधानमन्त्री गच्छेदारले वर्तमान सरकारको निर्णय सच्याउने या नमान्ने अधिकार आउने सरकारलाई भएको भन्दै दबाबपूर्ण चेतावनी दिनुभएको छ । बाम गठबन्धन नयाँ सरकारलाई देउवा सरकारले अप्ठेरोमा पार्न खोजेको निष्कर्ष नजिक पुग्दै गर्दा निर्णयका लक्षित वर्ग हौसिएको अवस्था देखिएको छ । दलहरुको यो होडबाजीले मुलुकलाई भने कता लाने हो , त्यस्को असर जनताकै काँधमा थोपरिने भने निश्चित छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. वर्तमान सरकारले गरेका दुरगामी असरका निर्णयहरु आउने सरकारले उल्ट्याउने पुष्पकमल दाहालको संकेत, सबै निर्णय उल्ट्याउन नसकेपनि औचित्यका आधारमा उल्ट्याइने ।

२. नयाँ सरकार गठन हुने भए ५ दिनभित्र सरकारले राजीनामा दिने उपप्रधानमन्त्री गच्छेदारको भनाई, अहिलेको निर्णय आउने सरकारले खारेज गर्न सक्ने ।

३. प्रदेश सातको सरकार र संसदको लागि आवश्यक भौतिक संरचनाको तयारी तीब्र, मुख्यमन्त्रीदेखि सभामुख एवं मन्त्रीहरुको आवासका लागि भने समस्या देखियो ।

४. जनप्रतिनिधिबीचको विवादले दैलेखको भैरवी गाउँपालिकाको कार्यालयमा लागेको ताला एकसातादेखि खुलेन, गाउँपालिका सदस्यहरु आन्दोलित हुँदा सेवाग्राही सास्तीमा ।

५. धनुषाको गणेशमान चारनाथ नगरपालिका पोर्तहामा टाटा सुमो दुर्घटना, दुर्घटनामा परि ६ को मृत्यु, ५ यात्रु घाइते, एकको अवस्था गम्भीर ।

६. भन्सार राजश्व असुली नकारात्मक बनिरहदा देशका बिभिन्न भन्सार नाकामा कर्मचारीकै मिलेमतोमा चोरी निकासी मौलाउँदै, जनकपुर भन्सार कार्यालयका कर्मचारी बने मालामाल ।

७. धरानको विजयपुरमा अचम्मकी बाच्छी जन्मेपछि भगवानको रुप भन्दै पूजा गर्नेहरुको घुँइचो, दुई मुख र तीन आँखा भएको बाच्छी देख्नेहरु सबै आश्चर्यमा ।

८.र, सुनसरीको इटहरीमा सञ्चालित मदन भण्डारी स्मृति इहटरी गोल्डकपको उपाधि थ्रीस्टारलाई,संघर्षपूर्ण फाइनल खेलमा मनाङ मस्र्याङ्दी एक शून्यले स्तब्ध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful