Sagarmatha-Television-LIVE
Sagarmatha Television LIVE
2018-02-12
0fa348d8fedc40283a2d2f9ec68a331b
यु–१६ क्रिकेट टोलीलाई सरकारले बेवास्ता गरेको कप्तान रित गौतमको आरोप|Mountain Sports|Cricket in Nepal
2018-02-13
Prime-Time-8-PM-NEWS_2074_10_29-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2074_10_29-NEWS24-TV


पहिलो मुख्यमन्त्री रोजेको प्रदेश नम्बर तीनले मन्त्रिपरिषद्को विस्तार पनि पहिलो पटक नै गरेको छ । सात प्रदेश मध्ये मन्त्रिपरिष्दको गठन गर्ने पहिलो प्रदेश बनेको प्रदेश नम्बर तीनले दुई मन्त्री पनि मन्त्रिमण्डलमा समावेश गरेको छ । माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले आन्तरिक मामिला मन्त्रालय पाउँदा एमालेका केशव स्थापितले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने भएका छन् । पार्टी राजनीतिमा स्थापित यी व्यक्तिहरुले अब प्रदेशको जिम्मेवारीलाई कसरी सम्हाल्छन् , त्यो भने सबैले नियाल्ने छन् नै । प्रदेश तीनमा आबद्ध १३ जिल्लाहरुमा मुलुकको राजधानी काठमाडौं पनि यही प्रदेशमा अटेको छ भने ललितपुर, भक्तपुर, चितवन जस्ता जिल्लाहरु पनि यही समेटिएका छन् । धेरै जिल्ला विकासको डोरीमा उनिए पनि यही प्रदेशमा यस्ता केही जिल्ला छन् , जस्लाई राजधानीसंग जोडिएको छु भन्न पनि लाज लाग्छ । त्यसैले डोरमणि र उनका क्याबिनेटका सदस्यहरुलाई सहज नभई प्रदेश तीन चुनौतीपूर्ण छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. प्रदेश तीनका मुख्यमन्त्री पौडेलद्वारा तीन सदस्यीय मन्त्रिपरिषद्को गठन, माओवादीका शालिकराम जमरकट्टेल आन्तरिक मामिला र एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा ।

२. सह–अध्यक्षका रुपमा एकीकृत पार्टीको कमाण्ड सम्हाल्न ओली र दाहाल सहमत, सरकारको नेतृत्व ओलीले गर्ने, जवज र माओवादको निक्र्यौल एकता महाधिवेशनबाट ।

३. अबदेखि दर्ता हुने नयाँ सवारी साधन कम्पनीमा पनि दर्ता हुनुपर्ने,सामाजिक काम गर्ने संस्थाकोरुपमा दर्ता गरि भाडामा चलाउने प्रवृतिलाई निरुत्साहित गरिने ।

४. २०५२ सालदेखि राजविराज विमानस्थलमा विमान देख्न नपाएका सप्तरीवासीको चाहना पूरा हुन अझै समय लाग्ने, विवादमा मुछिएको कम्पनी नै पुनः काममा ।

५. आकर्षकरुपमा सजाइएको पाशुपत क्षेत्रमा शिवरात्रीको रौनक, साधु–सन्तको बाक्लो उपस्थिति, भक्तजनले सजिलै दर्शन गर्न सक्ने कोषको दावी ।

६. मुगु लगायतका हिमाली जिल्लामा भारी हिमपात भएपछि किसानहरु हर्षित,हिउँदे बाली र फलफुल सप्रने विश्वास,विद्यालय र यातायात भने ठप्प ।

७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र गजराज जोशी फाउण्डेशनबाट ३५ उत्कृष्ट खेलाडी सम्मानित, गजराज आदर्श खेल व्यक्तित्व भारोत्तोलक सुनील जोशीलाई मरणोपरान्त प्रदान ।

८. र, टाईब्रेकरमा जित निकाल्दै थ्रीस्टार क्लब बाराको सिमरामा जारी सिमरा गोल्डकपको सेमिफाइनलमा, संघर्षपूर्ण खेलमा सुदूरपश्चिमले ग¥यो अविष्मरणीय प्रदर्शन ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Leave a Reply

Your email address will not be published. Required fields are marked *