fdf5bcde620a04c854b5517ea8426e8f
मेडिकल माफियाका सरदारलाई केपी ओलीले नै उचालेका | Nepal Aaja
2018-02-23
Sagarmatha-Bisesh-With-Dr.-Jagdish-Chandra-Pokhrel
Sagarmatha Bisesh With Dr. Jagdish Chandra Pokhrel
2018-02-23
Prime-Time-8-PM-NEWS_2074_11_10-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2074_11_10-NEWS24-TV


अब पालो अभिभावकको । चार निकायको निर्वाचन सम्पन्न गरेको मुलुकले अब नयाँ राष्ट्रपतिको चयन गर्दै छ । मुलुकका अभिभावकको रुपमा लिइने राष्ट्रपतिको निर्वाचन यसपटक पृथक पृष्ठभूमिबाट हुँदैछ । यसअघि व्यवस्थापिका संसदले मात्र राष्ट्रपति चुन्न पाउने व्यवस्था थियो । तर, यसपटक प्रदेश, प्रतिनिधि र राष्ट्रियसभाका सदस्यले मतदानमार्फत राष्ट्रपति चुन्ने छन् । को होलान् राष्ट्रपति अर्थात मुलुकको नयाँ अभिभावक । हुनत वाम गठबन्धन सुविधाजनक वहुमतमा रहेकोले उनीहरुबीचको सहमतिको पात्रले नै शीतल निवासमा शयर गर्न पाउने निश्चित छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. निर्वाचन आयोगद्वारा राष्ट्रपति चयनका लागि फागुन २९ को मिति घोषणा, काठमाडौंमा मात्र हुने निर्वाचनमा कुल ८८४ सदस्य मतदानमा सहभागी हुने ।

२. दुई तिहाई वहुमतका साथ प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई विश्वासको मत, विपक्षी एमाले र माओवादीको पनि समर्थन, कांग्रेस विपक्षमा उभियो ।

३. एक नम्बर प्रदेशमा सुरक्षाको प्रत्याभूति दिन जनतासंग प्रहरी कार्यक्रम लागू गरिने, जनताको गुनासो सुन्न मुख्यमन्त्रीसँग टेलिफोन वार्ता गरिने ।

४. पर्यटन बोर्डका तत्कालीन सिईओ सुवास निरौलासहित तीन जना भ्रष्टाचारी ठहर, निरौलालाई ७ बर्ष कैद सजाय, तत्कालीन पर्यटन र वन सचिव निर्दोष सावित ।

५. सर्वोच्च अदालतद्वारा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटको वितरणमा रोक, इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गर्नुपर्ने मागमाथि छलफल गरिने ।

६. दैलेख बजारबाट महावु गाउँपालिका जाँदै गरेको जीप दुर्घटना, चारको मृत्यु, तीन घाइते ।

७. बाराको सिमरा र डुमरवानाबीचमा स्थापना गर्न लागिएको विशेष आर्थिक क्षेत्र सेजको निर्माणले गति लियो, उद्योग स्थापनाका लागि विदेशी कम्पनीले पनि देखाए चासो ।
८. र, राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी ग्लोबल आइएमई बैंकको ब्राण्ड एम्बासेडर, एक बर्षमा ऐरीले ४ लाख बराबरको सुविधा पाउने ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Leave a Reply

Your email address will not be published. Required fields are marked *