Sagarmatha-Prime-News-2075-02-02
Sagarmatha Prime News 2075-02-02
2018-05-16
2ac1802e450cb7ef609c896e4a10ffa0
एमाले सांसद भन्छन् : संविधान संशोधन गरेर भएपनि १० करोड लगिन्छ || Aaja ko Sandharva
2018-05-17
Prime-Time-8-PM-NEWS_2075_02_02-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_02_02-NEWS24-TV


एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया उत्साह, अविश्वास, अन्योल हुँदै फेरि उत्साहको चरणमा आइपुगेको छ । एमाले नेतृत्व सम्मानजनक सहभागितासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ‘राजकीय आकांक्षा’समेत पूरा गर्न तयार भएपछि एकता प्रक्रियामा ‘ब्रेक थ्रु’ भएको दावी छ । दुवै दल आन्तरिक छलफलमा रहँदा भोलि बस्ने एकता संयोजन समितिको बैठकले एकता घोषणाको ‘नसर्ने’ मिति तय गर्ने बताइएको छ । नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक धारमा ल्याएका मदन भण्डारीलाई श्रद्धाञ्जली अर्पण गर्दै दुबै दलका नेता भोलि अन्तिम छलफलमा जुट्दै छन् । भोलिको छलफल सार्थक भए जेठकै पहिलो साता मुलुकले एकीकृत कम्यूनिष्ट पार्टी पाउने छ । जसले पछिल्लो जनादेशअनुसार पाँच बर्ष सरकार सञ्चालन गर्ने छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. दुई अध्यक्षबीच सहमति भएसँगै एमाले र माओवादीको एकता प्रक्रिया निश्कर्षमा, भोलि नै टुंग्याउने उद्देश्यका साथ दुबै दल आन्तरिक छलफलमा ।

२. प्रतिनिधिसभाको नियमावली मस्यौदा प्रतिवेदनमा बल्झियो विवाद, बहुमतको बलमा सत्तापक्षले पेल्न खोजेको कांग्रेसको गुनासो, मदतानबाट टुंग्याउने एमाले–माओवादीको गृहकार्य ।

३. साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित ६ जना पक्राउ, चलचित्र ‘लुट’का निर्माता माधव बाग्लेको योजनामा काठमाडौंमै छापिन्थ्यो नोट ।

४. दुर्गम क्षेत्रका जनताले हवाई भाडादरमा राज्यको विशेष अनुदानका लागि गरेको आशामा तुषारापात, व्यवसायीको दबाबमा परेर सरकारले भाडादर बढायो ।

५. काठमाडौं उपत्यकामा रगतको हाहाकार, अभावको असर भोग्न विरामीका आफन्त बाध्य, रगत अभावले अप्रेशन समेत स्थगित गर्नु परेको चिकित्सकको गुनासो ।

६. र, क्रिकेटर सन्दीप लामिछानेको निरन्तर फड्को, आइसीसीको विश्व–११ टिममा, बेलायतको लर्डसमा हुने वेष्ट इन्डिजविरुद्धको खेलमा सहभागि हुने ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *