62af04ef8b28fc1ca859d324aac130a2
प्रचण्डका घरवेटीको काम, जहाँ ठेक्का लियो त्यही अलपत्र । सिरियामा फसेकी चेलीका बावु सम्पर्कमा !
2018-06-05
GYAN-GANGA_2075_02_23-NEWS24-TV
GYAN GANGA_2075_02_23 – NEWS24 TV
2018-06-06
Prime-Time-8-PM-NEWS_2075_02_22-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_02_22-NEWS24-TV


अर्थतन्त्रको विज्ञ भनिएका अर्थमन्त्री डा. यूवराज खतिवडाका केही नीति र निर्णय आलोचनाको केन्द्रमा छन । पुरातन शैलीकै बजेट ल्याएको दोष खेपिरहेका अर्थमन्त्रीले शेयर र जग्गाको कारोबार खुम्च्याउन खोजेको उपजस पनि भोगिरहेका छन् । हकप्रद र बोनस शेयरको अंकित चुक्ता मूल्यकै आधारमा कर निर्धारण गर्ने सरकारको नीतिका कारण आज शेयर बजार ठप्प भयो । निर्णय पुनःविचार गर्न सकिने आश्वासन दिएका अर्थमन्त्रीले १५ दिनको भाका दिएर अध्ययन समिति बनाएका छन् । त्यसले प्रतिवेदन नदिँदासम्म शेयर बजार प्रभावित हुने देखिएको छ । ‘समृद्ध नेपाल–सुखी नेपाली’को लोकप्रिय नारा र शेयरप्रति सरकारले लिएको नीति विरोधाभाषपूर्ण मानिएको छ ।

अब प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. लगानीकर्ता आन्दोलित भएपछि शेयर कारोबार ठप्प, माग पूरा नभएसम्म कारोवार नगराउन ‘ब्रोकर’ कम्पनीलाई चेतावनी, सरकारद्वारा अध्ययन समिति गठन ।

२. चीनसँग अघिल्लो पटक गरेका सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री ओलीको जोड, असारको पहिलो साता हुने भ्रमणले नेपालको समृद्धिमा योगदान पु¥याउने परराष्ट्रमन्त्रीको दावी ।

३. बीपी राजमार्गमा ठूला सवारी सञ्चालन रोक्ने सर्वोच्चको अन्तरिम आदेशप्रति यातायात मन्त्रीको प्रश्न, ‘स्वेच्छाचारी’ निर्णय गरेका मन्त्री भन्छन्– प्राविधिक प्रतिवेदन नै गलत ।

४. विश्वकप फुटबलको रौनकले नेपाली यूवालाई पनि तान्दै, समर्थक राष्ट्रको जर्सीमा सजिएर पूर्वानुमान गर्नेक्रम सुरु, बाज्रिल, अर्जेन्टिना र जर्मनीको माग बढी ।

५. प्रधानमन्त्री कप क्रिकेटको समूह ‘ए’ को अन्तिम खेलमा आर्मीसँग एपीएफ ७० रनले पराजित, जितसँगै आर्मी सेमिफाइनलमा ।

६.र, अमेरिकी राष्ट्रपति र उत्तरकोरियाली नेताबीच हुने शिखर वार्ताको सुरक्षा जिम्मा गोर्खा फौजलाई, वार्ता स्थलमा ५ सय सुरक्षाकर्मी परिचालन हुने ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *