64cc751f2ba3b0959d302a199c8cde9d
गृहमन्त्री ठेकेदारप्रति आक्रमक, प्रचण्डको घरबेटीलाई कारवाही गर्छु – POWER NEWS
2018-06-06
ce0939e8ed580e22c7b56a4da8fd316a
‘मलाई बारम्बार यातना दिइयो’ | Puja Bohora, Pradip Ghimire, Prinam Sharma | Nepal Aaja
2018-06-06
Prime-Time-8-PM-NEWS_2075_02_23-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_02_23-NEWS24-TV


एकपछि अर्को जनप्रिय कामको कारण गृहमन्त्रालय सबैको आशाको केन्द्र बनेको छ । सिण्डिकेटको अन्त्यपछि समयमा काम पूरा नगर्ने निर्माण व्यवसायी निशाना रहँदा सुन तस्करी प्रकरणका पर्दा पछाडिका पात्रको खोजी जारी छ । अड्डा जमाएर बसेका सबै बेथितिको जरा उखेल्न तत्कालै सहज छैन । तर, राम्रो काम गर्दा जनताले पनि साथ दिन्छन भन्ने उदाहरण यातायातको सिण्डिकेटबाट प्रष्ट भएको छ । यद्यपी, गृहमन्त्रीले गर्जेर मात्र हुन्न, सिण्डिकेट तोडेपछिको व्यवस्थापनमा सरकार गम्भीर देखिएको छैन । समयमा काम पूरा नगर्ने निर्माण व्यवासायीमाथि दलका शीर्ष नेताको आर्शीवाद कतै छिपेको छैन, सुन तस्करी प्रकरणमा गृह गल्दै गएको भान हुन थालेको छ । त्यसतर्फ गृहले आवश्यक गृहकार्य गर्नै पर्छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. समयमा काम पूरा नगर्ने सबै निर्माण व्यवसायी कारवाहीमा पर्ने गृहमन्त्रीको दावी, सुन तस्करी प्रकरणका साना ठूला सबै अभियुक्त पक्राउ गरिने ।

२. प्रतिनिधिसभाको नियमावली विवाद केही दिनमै निश्कर्षमा पुग्ने सभामुख महराको दावी, दलीय सहमति नभए प्रक्रियाबाट टुंग्याइने ।

३. शासकीय स्वरुप परिवर्तन गर्ने बहसमा नेकपाले धारणा बनाउँदै, दाहालको महत्वकांक्षा सम्बोधन गर्नुपर्ने बाध्यता, झस्किएको कांग्रेस भन्छ– राजनीतिक संकट निम्त्याइँदै ।

४. फोरमको सरकार यात्रा नेकपासँगको एकता पूर्व अभ्यास रहेको अनुमान, संविधान संशोधनले निर्धारण गर्ने, एकीकरणको संभावना नरहेको फोरम महासचिवको जिकीर ।

५. औषधि आयातमा व्यापारीको मनोमानी, नाफा कम रहेको भन्दै आयात नगर्दा देशभर जीवनरक्षक औषधिको अभाव ।

६. र, प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा, त्रिभूवन आर्मी, एपीएफ, नेपाल प्रहरी र प्रदेश पाँच अन्तिम चारमा ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *