ff8322a30d0f47ea833c6c4f5a1b6aeb
कोटेश्वर–कलंकी सडकखण्ड बनिनसक्दै भत्काईने…- POWER NEWS
2018-07-04
d8552165c19a27b4f329639c63c4f6b8
कांग्रेसमा यस्तो छ देउवा र पौडेलको पार्टी कब्जा रणनीति #Current_News
2018-07-04

Prime Time 8 PM NEWS_2075_03_20 – NEWS24 TV

Prime-Time-8-PM-NEWS_2075_03_20-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_03_20-NEWS24-TV


सरकारका पछिल्लो गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामा प्रहार गर्न थालेको निष्कर्षसहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनदेखि सडकसम्म तताउन थालेको छ । संसदीय दलले निर्णय गरे लगत्तै कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रियसभादेखि लिएर जुम्ला र बीर अस्पताल हुँदै माइतिघरसम्म यसको प्रभाव देखाएको पनि छ । पाँच ‘स’ अभियानमार्फत सरकारविरुद्ध जेहाद छोड्ने निर्णयमा पुगेको कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीदेखि लिएर वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीका मागको पक्षमा उभिएर सरकारलाई सकस पार्ने नीति लिएको छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. सरकारविरुद्ध कांग्रेसको घेराबन्दी, निषेधित क्षेत्र फिर्ता लिन माग, राष्ट्रियसभा बैठकमा अबरोध, नेविसंघद्वारा निषेधित क्षेत्रमा प्रदर्शन ।

२. अनसनकै आडमा चिकित्सा शिक्षा नीति बनाउन खोज्नु अधिनायवादी शैली भएको सरकारको निष्कर्ष, चिकित्सा शिक्षाको सिण्डिकेट पनि तोड्ने दृढता ।

३. सरकारले साउनदेखि मन्त्रिपरिषद्को बैठक ‘स्मार्ट’ बनाउने, सञ्चार प्रविधिको प्रयोग र दक्षता अभिबृद्धि तथा कागजी फाईल बोक्ने परम्पराको अन्त्यको प्रयास ।

४. दुई–चार दिन कस्सिएर चर्चा बटुलेका मन्त्री एकाएक सेलाए, गृह, सामान्य प्रशासन र श्रममन्त्री सुस्ताएपछि दबाब र प्रभावमा परेको अनुमान गरिँदै ।

५. लगातारको बर्षाले देशका बिभिन्न भागमा जनधनको क्षति, बाढी र पहिरोमा परि २६ को मृत्यु, तराई र पहाडका १५ जिल्ला प्रभावित ।

६. र, विश्वकपको अन्तिम आठमा युरोपका ६ र दक्षिण अमेरिकाका २ टोलीको उपस्थिति, उपाधि युरोपमा रहला या दक्षिण अमेरिका पुग्ला भन्नेमा चासो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *