d38bcf85ebede06e624f81c0d48c29db
रेल र पानी जहाजको कुरा गर्ने सरकार नागरिकले भोगिरहेका दैननदिनका समस्या समाधानमा भने मौन – POWER NEWS
2018-07-06
5e9cdac955875bb2293ab31fcff4ba24
असार २२ देखि २९ गतेसम्मको राशीफल | Dr. Birendra Kayasta | Nepal Aaja
2018-07-07
Prime-Time-8-PM-NEWS_2075_03_22-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_03_22-NEWS24-TV


निरन्तरको नियति हो नेपालका सडकहरुमा दुर्घटनाको दर्द । जटिल भौगोलिक कारण मात्र नभई सडकको अवस्था र चालकहरुको कारण सडक दुर्घटना नियमित झै बनेको छ । त्यसमाथि निर्माणाधीन सडक तथा राजमार्गहरुमा पनि दुर्घटना बढ्दो छ । आज मुस्ताङमा निर्माणाधीन कालीगण्डकी करिडोरमा त्यही कहाली दोहोरिएको छ । जस्को कारण १८ सडक मजदूरहरुले अकालमा ज्यान गुमाएका छन् । दुर्घटना न्यूनीकरणका लागि भएका पहलहरु सडकमा नै हराउँदा सडकहरु थप असुरक्षित बन्दै गएका छन् ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. मुस्ताङको स्याङबोचेमा कामदार बोकेको ट्रिपर दुर्घटना हुँदा १९ मृत्यु, १३ जना घाईते, ९ को अवस्था गम्भीर ।

२. सार्वजनिक स्थानमा लगाइएको निषेधाज्ञा कार्यान्वयन नगर्न सर्र्वोच्च अदालतद्वारा अन्तरिम आदेश, असार २९ गते दुवै पक्षलाई छलफलमा बोलाइयो ।

३. केही समय प्रतिपक्षविहीन झै अवस्थामा सरकार चलाएका प्रधानमन्त्री ओलीका लागि बल्ल भयो प्रतिपक्षीको महसुस, सरकार र नेपाली काँग्रेस अब द्धन्द्धको मैदानमा ।

४. कानून निर्माणको सवालमा प्रदेशप्रति संघ अनुदार बनेको प्रदेश सांसदको गुनासो, व्यवस्था नयाँ भएपनि सिंहदरबारको मानसिकता पुरानै ।

५. विश्वकपको क्वाटरफाईनलको पहिलो खेलमा उरुग्वेमाथि फ्रान्सको अग्रता, पहिलो हाफसम्म आइपुग्दा फ्रान्स १÷०ले अगाडी ।

६.र, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दश बर्ष जेल सजाय, निर्वाचनको पूर्वसन्ध्यामा भएको पैmसला अर्थपूर्ण भएको कानूनविद्को टिप्पणी ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *