cbaf7360bf738bd2ec74df2e94936808
सिधाकुराको स्टुडियो मै आए कुलमान, रबिले गरे सलाम। दिपावली विषेश एपिसोड
2018-11-08
GYAN-GANGA-20750723-NEWS24-TV
GYAN GANGA (2075/07/23) – NEWS24 TV
2018-11-09
Prime-Time-8-PM-NEWS_2075_07_22-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_07_22-NEWS24-TV


संस्कृति र चाडपर्व नेपाल र नेपालीको गहना नै हो । अझ नेपालीको दोश्रो ठूलो पर्व तिहार, पशुपंक्षीको समेत पर्वको रुपमा चिनिन्छ । तिहारको पाँच दिनमा पाँच फरक–फरक जनावरको पूजा–आजाले मानिस र पशुपंक्षीबीचको सम्बन्धसमेत प्रष्टाउछ । त्यसैले त तिहारको चौथो दिन आज, गाई र गोवद्र्धनको पूजा गरिएको छ । नेवार समुदायमा नयाँ वर्ष र म्हः पूजाको रौनकमा छ । नेपाल सम्वत्को सुरुवातकर्ता संखधर शाख्वाको स्मरण गरियो । जे होस् यिनै संस्कृति र पर्वले नेपाली सभ्यता र संस्कृतिलाई थप मजबुत बनाएको छ ।

प्राइम टाइम न्यूजका हेड्लाइन्स्

१. यमपञ्चकको चौथो दिन आज गोवद्र्धन पूजा, नेवार समुदाय म्हःपूजाको तयारीमा, नेपाल सम्वत् ११३९ आजबाट सुरु ।

२. भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर यो वर्ष पनि बन्द, पुरातत्व र महानगरपालिकाको विवादको शिकारमा चार वर्षदेखि मन्दिरको विजोग ।

३. भाइटीकामा दिदीबहिनीेले दाजुभाइलाई दिने भाइमसाला स्वास्थ्यका लागि उपयोगी, शारीरिक विकास र रोगसँग लड्ने क्षमता बढाउने ।

४. रोजगारका लागि विदेश जानेको संख्या बढ्दा रेमिट्यान्सको आकार आकाशियो, चालु आर्थिक वर्षमा १ खर्ब ५४ अर्बले बृद्धि ।

५. ओलम्पिकका लागि एशियाली छनोटमा नेपालले बलियो टोली भारतबिरुद्ध बराबरी खेल्यो, सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल अंक बाँड्न बाध्य ।

६. र, अमेरिकामा क्यालिफोर्नियास्थित बारमा अर्को गोलीकाण्ड, एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अफिसरसहित १२ जनाको मृत्यु ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Leave a Reply

Your email address will not be published. Required fields are marked *